सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर

२०८० असोज १२, ०३:४५ खबर संवाददाता

धनगढीः कैलालीका एक शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसनधान आयोगले शुक्रबार घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहविरुद्ध मुद्दा दायर गरेको हो।

उनले इण्टरमिडियटको नक्कली सर्टिफिकेट पेश गरी अध्यापन गरेको भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न परेको उजुरीमाथि अनुसन्धान गर्दा यस्तो कैफित देखिएको अख्तियारले जनाएको छ। शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा प्रमाणित भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शाहले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएको भन्दै निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

कमेन्ट लोड गर्नुस