सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका किसानको गुनासो : सिटी हल निर्माण गर्दा आफूमाथि अन्याय भयो

२०७६ वैशाख १४, १०:३२ खबर संवाददाता

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का एकजना किसानले सिटी हल निर्माण गर्दा आफूमाथि अन्याय भएको गुनासो गरेका छन्।  वडा नम्बर ८ को अदालत रोडका किसान गणेश झाँले सिटी निर्माण गर्ने निकायले आफूमाथि अन्याय गरेको गुनासो गरेका छन्। २०७४ सालमा धनगढी माध्यमिक विद्यालयबाट २ वर्षका लागि भाडामा लिएको जग्गामा शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाईले आफूलाई  जानकारी नै नदिएर अन्नबाली र घाँस मासेर सिटी हल निर्माण गरेको आरोप झाले लगाएका छन्।

विद्यालयसंगका सम्झौता अवधी सकिन एक वर्ष  बाँकी रहेका बेला भाडामा लिएको एक बिघा चार कठ्ठा नै मासिएपछि आफू समस्यामा परेको उनले बताए। तर शहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढी उपमहानगरपालिका लगायतका सम्बन्धीत निकायमा धाउदा समेत वेवास्ता गरिएको आरोप झाँको छ।  गाई पालन व्यवसाय समेत सञ्चालन गरेका झाँले घास अभावमा गाईहरु भोकै रहेको गुनासो समेत उनले गरे। 

सम्झौता अवधी बाँकी रहेकै अवस्थामा भाडाको जग्गा मासिएपछि क्षतीपूर्ती माग गरिएपनि सरोकारवाला निकायले वेवास्ता गरेको गुनासो झाको रहेको छ। तर धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण प्रसाद बरालले भने उपमहानगरपालिका, निर्माण व्यवसायी र विद्यालयले झालाई क्षतीपूर्ती दिने निर्णय गरिसकेको दावी गरेका छन्। यता धनगढी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले भने झाबाट विद्यालयले बाँकी भाडा नलिने बताए।  उनले झालाई आवश्यक क्षतीपूर्ती उपलब्ध गराउन आफूले पनि पहल गरिरहेको दावी गरे।  

 

कमेन्ट लोड गर्नुस