सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापामा एक युवकको हत्या

२०८० असोज १२, ०८:४७

झापाः झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ। शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको प्रहरीले बताएको छ। 

रातभर दमक १ स्थित एक होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा हत्या भएको दमकसँगै जोडिएको इलामको चुलाचुलीस्थित पेल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बुको बीभत्स हत्या भएको हो।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाका अनुसार केही ब्याक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। मुख्य हतियार प्रयोग गर्ने ब्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको पनि उनले बताए। 
 

कमेन्ट लोड गर्नुस