सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरुको फेरबदली

२०८० असोज ११, ०९:३९ खबर संवाददाता

एजेन्सीः  दक्षिण सुडानमा तैनाथ शान्ति सेनाको फेरबदली भएको छ।  बाह्रौँ डफ्फालाई बदली गर्न खटिएको तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरू असोज १० गते मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

सेनानी डम्मर बहादुर पुनको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

गणपति, प्रमुख सेनानी अनिल के.सी.को कमाण्डमा रहेको सो गणका ६०९ जना सकलदर्जा यस अगावै मिसन इलाका पुगिसकेका छन्। यस्तै, उक्त मिसनमा तैनाथ शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरू गणपति, प्रमुख सेनानी मदन जंग कार्कीको नेतृत्वमा  आश्विन १० गते नै स्वदेश फिर्ता भएका छन्।
 

कमेन्ट लोड गर्नुस