सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा स्कारपिओ र रिक्सा ठोक्किदा एक जना घाइते 

२०८० असोज ११, ०९:२४ खबर संवाददाता

बैतडीः  बैतडीमा स्कारपिओ र रिक्सा एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन्।

दशरथचन्द राजमार्ग अन्तर्गत जिल्लाको  पाटन नगरपालिका –२ देहिमाण्डौँमा पार्किङ गरेर राखेको ०२००१ च १०१५ नम्बरको स्कारपिओमा से–१ ज ७५३ नम्बरको रिक्सा अनियन्त्रीत हुदा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्ष योगेश खत्रीले बताए।

दुर्घटनामा रिक्सा चालक सोहि नगरपालिका–८ मौलीका दिनेश मौली घाइते भएका छन्। घाइते भएका चालक सामान्य उपचारपछि घर फर्किसकेको प्रवक्ता खत्रीले बताए। स्कारपिओ र रिक्सालाई भने नियन्त्रणमा लिइएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस