एनएमबि बैंकका ग्राहकलाई किशान ट्रेडिङ्गले दुई लाखसम्म छुट दिने
धनगढीः एनएमबि बैंकका ग्राहकलाई किशान ट्रेडिङ्गले दुई लाखसम्म छुट दिने व्यवस्था गरेको छ।
बैंकका ग्राहक तथा कर्मचारीले इसुजू ब्रान्डका गाडीहरुमा फाइनाङिन्स गरे बाफत २ लाखको छुट पाउने र किया ब्रान्डको गाडीमा एक लाखसम्मको छुट हुने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ।
एनएमबि बैंक लिमिटेड र किशान ट्रेडिङ्ग कन्सर्न तथा किशान अटोमोबाइल्सबिच १० गते (बुधवार) बृहत् सम्झौता भएको हो। यो व्यवस्था ३ महिना अवधिका लागि मात्र लागू हुने बैंकका प्रदेश प्रमुख श्याम अधिकारीले बताए।
त्यसै गरी बैंकका ग्राहक तथा कर्मचारीले होन्डा ब्रान्डको दुई पाङ्ग्रे गाडी खरिदमा २ महिना अवधिका लागि ५ हजार सम्मको छुट पाउने प्रावधान रहेको छ। यस बाहेक होन्डा ब्रान्डका दुई पाङ्ग्रे गाडीको कुनैपनि पार्टपुर्जा खरिदमा ५ वर्षसम्म को अवधीका लागि १० प्रतिशत छुट लगायत सर्भिसिङ्गमा ग्राहाकहरुलाई ६ वर्ष सम्मको लागि निःशुल्क गर्ने व्यवस्था रहेको प्रमुख अधिकारीले जानकारी दिए। बैंकका तर्फबाट प्रदेश प्रमुख श्याम अधिकारी र किशानका तर्फबाट कार्यकारी निर्देशक शाह नवाज आलम बिच उक्त सम्झौता भएको हो।