सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित 

२०८० असोज १०, ०८:४७ खबर संवाददाता

काठमाडौंः  साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। निर्धारित ९० मिनेटमा १–१ को बराबरी खेलेको नेपाल पेनाल्टी सुटआउटमा भने ३–२ ले पराजित भयो।

नेपाल र भारतले निर्धारित ९० मिनेटमा १–१ को बराबरी गरेपछि विजेताको छुट्टयाउन खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा पहिलो प्रहारलाई गोलमा परिणत गरे पनि दोस्र प्रहारमा भने नेपाली खेलाडी चुकेका थिए।

सेमिफाइनलमा जित निकाल्दै भारतले फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ। भारतका लागि साहिल खुर्सिदले गोल गरेका थिए। दोस्रो हाफको ७४औं मिनेटमा नेपालका समीर तामाङले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याएका थिए।
 

कमेन्ट लोड गर्नुस