सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको डोकेबजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु, २० घाईते

२०७६ वैशाख १४, ०६:४३ खबर संवाददाता

कञ्चनपुरको डोकेबजार नजिक ट्याक्टर र टिप्पर ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जन्ती पुगाएर बेलौरी गइरहेको से १ त २०६७ नम्बरको ट्याक्टरलाई सोही दिशा तर्फ गईरहेको टिप्परले ठक्कर दिँदा बेलौरी नगरपालिका कञ्जाहा टोलका रामकुमारी रानाको घटना स्थलमै मृत्यु भएको हो। 

घाइतेहरुको धनगढी स्थित सेती अञ्चल अस्पताल र अन्य विभिन्न अस्पतालमा उपचार भईरहेको छ। टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस