सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबि बैंकको ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’  धनगढीमा सार्वजनिक

२०८० असोज ९, ०६:४५ खबर संवाददाता

धनगढीः एनएमबी बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि ‘बुद्ध भिसा डेबिट कार्ड’  धनगढीमा पनि सार्वजनिक गरेका छन्। को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले हवाई टिकट खरिद गर्दा भाडामा १० प्रतिशत छुट पाउने छन्। यसका साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप पाँच किलो सामान निःशुल्क लैजान सक्ने बताइएको छ।

‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ प्रयोेग गर्ने ग्राहकहरूलाई शतप्रतिशत (क्यासब्याक) भाडा फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता रहेको बताइएको छ। यस कार्डबाट नेपालको जुनसुकै कुनामा रहेका एटीएमबाट निःशुल्क नगद झिक्ने सुविधासमेत रहेको शाखाका कार्ड डिपार्टमेन्ट धनगढी शाखाका मोहन ढुङ्गनाले बताए।

अनलाइनको माध्यमबाट टिकट काट्न सकिने र यसले पर्यटनको साथै समग्र देशको अर्थतन्त्रमा सघाउ पुग्ने बताए। एनएमबि बैंकको कर्णाली रÞ सुदुरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारीले कार्ड लिएबापत ग्राहकहरुलाई विभिन्न सुविधा तथा हवाई यतायातमा सहयोग पुग्ने अपेक्षा गरे।

साथै उनले यो कार्ड काठमाण्डौमा लन्च भइसकेको र आज सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट प्रोमोट गरिएको बताए। सुदुरपश्चिमका सम्पूर्ण एनएमबि बैंकका शाखाहरुबाट सेवा लिन सकिने समेत उनले बताए। एनएमबि बैंकले हाल देशभरी २०१ शाखा कार्यालय, १४६ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

कमेन्ट लोड गर्नुस