सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंबाट सुर्खेत आउँदै गरेको बस दाङमा दुर्घटना, २२ जना घाइते

२०८० असोज ९, १२:५८ खबर संवाददाता

धनगढीः काठमाडौंबाट सुर्खेत आउँदै गरेको यात्रुवाहक रात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९, शिवखोलामा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। प्रहरीका अनुसार बिदामा घर जाँदै गरेका पाँच जना सैनिक पनि दुर्घटनामा परेका छन्। कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ६ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए।

बसमा बसमा चालकसहित ४० जना सवार थिए। १८ जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धारमा नेपाली सेना पनि खटिएको थियो। सडक किनारमा रहेको कलभर्टमा ठोक्किन पुग्दा बस सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको छ। घाइतेहरूलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको छ।

बसका चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का ३० वर्षीय कर्णबहादुर रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेलाई लमही अस्पताल दाङ, सैनिक अस्पताल राँझा बाँके र मेडिकल कलेज कोहलपुर, बाँकेमा पठाइएको छ। घाइते हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालका–२ का ६८ वर्षीया गंगादेवी पुलामी उनका छोरा ४० वर्षीय खगेन्द्र पुलामी सोही नगरपालिका–४ का १९ वर्षीय पवन खत्री, ३० वर्षीय सुनाइल थापा रहेका छन्।

त्यस्तै, गाडी साहु सोही स्थानका ३६ वर्षीय जितेन्द्र भट्टराई र बर्दियाको गुलरिया नगरपालिका–६ का ३७ वर्षीया तिलक सुनार पनि घाइते भएका छन्। नेपाली सेनामा कार्यरत सुर्खेतको भेरीगंगा नगरपालिका–७ का ३८ वर्षीय रखवीर बस्याल, सुर्खेतको लेकबेँसी गाउँपालिका–७ का २३ वर्षीय शेरबहादुर रावत, दैलेखको गुराँसे गाउँपालिका–७ का २३ वर्षीय प्रदीप बीसी, दैलेखको डुल्लु नगरपालिका–११ का ३९ वर्षीय गणेशबहादुर शाही र सोही ठाउँका २२ वर्षीय छविलाल विक पनि घाइते भएका छन्।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का २४ वर्षीया उमकुमारी हमाल सोही नगरपालिका–२ का २४ वर्षीय भूपेन्द्र शाही, सोही नगरपालिका–५ का ५४ वर्षीय जगतजंग राना, नगरपालिका–१२ का ५२ वर्षीय मक्कबहादुर बुढा र दैलेखको भैरवी गाउँपालिका–५ का ५० वर्षीय बिसाखर रिजाल पनि घाइते भएका छन्।

सोही नगरपालिका–३ का २५ वर्षीय कृष्णा आचार्य, दैलेखको डुल्लु नगरपालिका–५ का ५१ वर्षीय ऋषिप्रसाद उपाध्याय, सोही नगरपालिका–१० का ६८ वर्षीय तेजेन्द्रनाथ योगी, दैलेखको नारायणी नगरपालिका–१० का २८ वर्षीय रवीन्द्र हमाल, कालीकोटको तिला गाउँपालिका–९ का ३२ वर्षीय जीवन विक र कञ्चनपुरको भीमदत्त नगरपालिका–४ की ७ वर्षीया सिमिया बोहोरा पनि घाइते रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस