सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको एक घरमा खाना पकाउने क्रममा आगलागी

२०८० असोज ९, ०८:०६ खबर संवाददाता

धनगढीः कैलालीको एक घरमा खाना पकाउने क्रममा आगलागी भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका-४ छतिउनका रामबहादुर भुलको ४ कोठे खरले छाएको घरमा खाना पकाउने क्रममा दाउराबाट बालेको आगोबाट सोमबार आगलागी भएको प्रहरीले बताएको छ।

आगलागी हुँदा घर भित्र रहेका अन्नपात, भाडाकुडा, लत्ताकपडा लगायतका अन्दाजी २ लाख १० हजार बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनमएको छ। प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस