सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरको छतबाट खसेका २२ महिने बालकको मृत्यु

२०८० असोज ९, ०६:०६ खबर संवाददाता

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाका बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा सोमवार पोखरामा मृत्यु भएको हो। तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो। प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। 

कमेन्ट लोड गर्नुस