धनगढीमा जिपको ठक्करबाट एक साइकलयात्री घाइते
धनगढीः कैलालीमा जिपको ठक्करबाट साइकलमा सवार एक महिला घाइते भएकी छन्।
जिल्लाको धनगढी उप–महानगरपालीका–१ बसन्तटोलमा प्रदेश नम्बर–३ को ०१–०२४ च २०६५ नम्बरको जिपको ठक्करबाट अन्दाजी ५० वर्षीया महिला घाइते भएको प्रदेश आपतकालिन कार्य संञ्चालन केन्द्र धनगढीले जानकारी दिएको छ।
घाइते महिलाको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भैरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकि छ। साथै घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।