धनगढीमा हुने प्रिन्सेस कपको मुख्य प्रायोजनमा ग्रेस इन्टरनेसनल
धनगढीः धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्ने प्रिन्सेस कप स्कुल महिला क्रिकेट प्रतियोगितामा ग्रेस इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ।
काठमाडौंमा सोमबार ग्रेस इन्टरनेसनलका निर्देशक तथा सह–सम्पादक अन्ड्रु पौडेल र एकेडेमीका व्यवस्थापक समुयल न्यौपानले मुख्य प्रायोजन सम्झौतामा हस्तान्तरण गरेका हुन्। आगामी डिसेम्बर ८ देखि धनगढीमा हुने प्रतियोगिताको मुख्य प्रायोजन गरेपछि पौडेलले ग्रासरुट क्रिकेटको विकासमा सहयोग गर्न पाउँदा उत्साहित भएको बताए।
एकेडेमीका व्यवस्थापक न्यौपाने प्रिसेन्स कप महिला क्रिकेटको ग्रासरुट विकासमा महत्वपूर्ण भएको बताउँदै प्रायोजनका लागि पौडेललाईं धन्यवाद समेत दिए। धनगढीमा हुने प्रतियोगितामा १६ स्कुलको सहभागिता रहने आयोजकले जनाएको छ। विजेताले ३० हजार तथा उपविजेताले १५ हजार पाउँनेछन्। त्यस्तै प्लेयर अफ द सिरिजले २ हजार र बेस्ट ब्याटरले एक हजार नगद हात पार्ने आयोजकले जनाएको छ। डीसीएले सबै महिला खेलाडीहरु निशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको छ।