सुदूर नेपाललाई विश्वसँग जोड्दै

माल्दिभ्सलाई ३ गोलले हराउँदै नेपाल सेमिफाइनलमा 

२०८० असोज ८, ०४:१८ खबर संवाददाता

काठमाडौँः  माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएको छ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल सहज जित निकल्दै समूह ‘ए’ को उपविजेता बनेको हो। पाकिस्तान दुई खेलबाट चार अंकसहित विजेता बन्यो। दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए।

नेपालको जितमा समीर तामाङले दुई तथा प्रशान्त लक्ष्मण र नीराजन धामीले एक–एक गोल गरे। माल्दिभ्सका लागि अदाम लयान रासिदले एक गोल गरे। हारसँगै माल्दिभ्स सबै समूह चरणका खेलबाट बाहिरिएको छ। 
 

कमेन्ट लोड गर्नुस