सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडक क्षेत्रमा पर्ने संरचना भत्काउनेलाई सम्मान

२०७६ वैशाख १३, ०३:३९ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचना भत्काउनेलाई सम्मान गरिने जनाएको छ। क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत निर्माण हुने सडकमा पर्ने संरचना स्वस्र्फुत भत्काउनेलाई सम्मान गरिने उपमहानगरपालिकाले जनाएको छ। धनगढीका नगर प्रमुख नृपबहादुर वडले आयोजना अन्तरगत निर्माण हुने सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाएर सहयोग गर्न नगरबासीलाई आग्रह गरेका छन्।

संरचना आफै हटाउनेलाई उप–महानगरपालिकाले सम्मान गर्ने योजना समेत रहेको उनले बताए। क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत घनगढीमा २३ वटा सडक निर्माण हुने भएका छन्। सहरी विकास आयोजना अन्तरगत ४२ किलोमिटर सडक निर्माण हुने भएपनि बजेट अपुग भएपछि तत्काल घटाएर साढे १० किलोमिटर सडक मात्रै निर्माण हुने भएको हो। 
 

कमेन्ट लोड गर्नुस