सुदूर नेपाललाई विश्वसँग जोड्दै

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु

२०८० असोज ८, ०९:२४ खबर संवाददाता

सल्यानः सल्यानमा आज (सोमवार) बिहान तरकारी बोकेको जीप दुर्घटनामा परेको छ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप बिहान ६ः१५ बजेतिर सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो। मृतकको पहिचान हुन भने सकिरकेको छैन।

घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि दाङ पठाउने तयारी भइरहेको छ। जीप सडकबाट साढे तीन सय मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस