नेकपा एसको विवादित अपानी फिर्ता हुने

काठमाडौँः एकीकृत समाजवादीले भदौ २९ गते जारी गरेको अन्तरपार्टी निर्देशन फिर्ता हुने भएको छ। अपानीमार्फत गरिएको नेताहरुको कार्यविभाजनमा चर्को असन्तुष्टि देखिएपछि त्यसलाई फिर्ता गरेर नयाँ अपानी जारी गर्न लागिएको हो।
प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार नयाँ अपानीका लागि तयारी भइरहेको र सकेसम्म सोमबार पठाइनेछ। उनले भने, ‘हामी तयारी गरिरहेका छौँ। संभवत भोलि नयाँ अपानी जारी हुन्छ।’
अध्यक्ष माधव नेपालले आफू पक्षीय नेताहरुलाई दोहोरो तेहोरो जिम्मेवारी दिएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल पक्षले चर्को असन्तुष्टि जनाएको थियो। खनाल स्वयम्ले अपानीलाई ‘कोतपर्व’ भन्दै कटाक्ष गरेका छन्।

