सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर प्रदेश परिषद बैठकमा प्रदेश २ का मुख्यमन्त्री अनुपस्थित

२०७६ वैशाख १३, ०३:१२

अन्तर प्रदेश परिषदको बैठक काठमाडौंमा सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी छन्। 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत भने बैठकमा सहभागी छैनन्। उनले पार्टी कामको व्यस्तताले बैठकमा सहभागी हुन नसकेको बताए। बजेट र योजनामा डुप्लिकेसन नहोस् भन्नका निम्ति राष्ट्रिय समन्वय परिषदको बैठक बस्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

यसअघि गत चैत २१ गते बसेको अन्तर प्रदेश परिषदको बैठकमा मुख्यमन्त्रीहरुले आर्थिक वर्ष २०७६र७७ मा कम्तिमा ३३ प्रतिशत बजेट माग गरेका थिए। संघ, प्रदेश तथा अन्तरप्रदेश बीचको विवाद समाधान गर्ने विषयमा छलफल गर्ने सम्बन्धी ब्यवस्था संविधानको धारा २३४ मा छ।

संविधानको धारा २३४ मा प्रधानमन्त्रीको अध्यक्षतामा गृह, अर्थ र मुख्यमन्त्री सदस्य हुने अन्तरप्रदेश परिषदको व्यवस्था छ। साभार - अनलाइनखबर 

 

कमेन्ट लोड गर्नुस