सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारसँग शिक्षकहरुको वार्ता सुरु

२०८० असोज ५, ०४:४० खबर संवाददाता

काठमाडौंः  आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सुरु भएको छ। गृह मन्त्रालयमा जारी वार्तामा शिक्षकहरुको माग सम्बोधन गरी आजै सहमति गर्ने तयारी छ।

बैठकमा शिक्षा मन्त्रालयको तर्फबाट सहमतिको ड्राफ्ट प्रस्तुुत गर्नेगरी टोलि गएको जानकारी दिएको छ। सरकारसँगको वार्ताअघि शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा शिक्षकका प्रतिनिधि वार्तामा बसेका थिए।

शिक्षा मन्त्रालयको ड्राफ्टमा शिक्षकहरु सहमत भए आजै सहमति जुट्ने सम्भावना छ। अहिले गृह मन्त्रालयमा जारी बैठकमा कानून मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई पनि सहभागी छन्। विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरु बुधबारदेखि आन्दोलनरत छन्।
 

कमेन्ट लोड गर्नुस