सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक बालिका  बेवारीसे अवस्थामा फेला

२०८० असोज ५, ०४:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक बालिका बेवारीसे अवस्थामा फेला परेकी छन्। जिल्लाको बेलौरी नगरपालिका –७ स्याली खोला नजिकै उखुबारीमा बालिका बेवारीसे अवस्थामा फेला परेकी हुन्।

बेलौरी नगरपालिका –७ स्याली खोला नजिकै उखुबारीमा हातखुट्टा बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीयले सो नाबालिकाको उद्धार गरेका थिए। सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएको नाबालिकाको हात र खुट्टा दोपट्टाले बाँधिएको थियो। उनलाई उद्धार गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि प्रहरीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको स्वास्थ्य जाँच गराई अभिभावकको खोजी कार्य गरेको थियो।

बालिकाकी आमाका माइती पक्ष सम्पर्क आएको प्रहरीले जनाएको छ। शिशुकी आमा शर्मिला चौधरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। शिशुलाई भने शर्मिलाकी आमा पुनर्वास नगरपालिका–२ अमरैया बस्ने रामपति चौधरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले बताए।–समाचार सच्याइएको छ

कमेन्ट लोड गर्नुस