सुदूर नेपाललाई विश्वसँग जोड्दै

बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित बैतडीमा एक महिला पक्राउ 

२०८० असोज ४, ०९:४१ खबर संवाददाता

बैतडीः  बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थ गन्धक र सोडासहित बैतडीमा एक महिला पक्राउ परेकी छन्।

जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौकी ४२ वर्षीया पुष्पा बोहरालाई बारुद बनाउन प्रयोग गरिने २ किलोग्राम सोडा र गन्धक १० किलोग्राम गरेर १२ किलोग्राम अवैध पर्दाथसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

झुलाघाटबाट गोठलापानीतर्फ जादै गरेको से १ ज ४०९ नम्बरको जिपबाट पुष्पालाई बिहीवार पक्राउ गरेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्नेक्रममा आलुको बोराभित्र लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा बारुद बनाउने उक्त कच्चा पदार्थ सहित पुष्पालाई पक्राउ गरेको हो। पुष्पालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस