सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक होटलमा विद्युत सर्ट हुदा आगलागी

२०८० असोज ४, ०६:०६ खबर संवाददाता

डोटीः  डोटीमा एक होटलमा विद्युत सर्ट हुदा आगलागी भएको छ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ कुन्जेडीका कृष्णबहादुर कुन्जेडाको होटेलमा विद्युत सर्ट भई  बिहीबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी हुँदा पसल भित्र रहेका खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउण्टर र पसल पछाडी राखेको सु.प.प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको छ। आगलागीबाट अन्दाजी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
 

कमेन्ट लोड गर्नुस