एक जना भारतीय नागरिक भन्सार छलीका सामानसहित पक्राउ

२०८० असोज ३, ०७:५९
धनगढीः कैलालीमा भन्सार छलीका सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका–३ कुटीबाट भन्सार छलीका अन्दाजी ३१ हजार मुल्य बराबरका जुत्ता र साईकल सहित भारत लखिमपुर खिरीका २१ वर्षीय सञ्जय रानालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ पक्राउ गरेको जनाएको छ।


कमेन्ट लोड गर्नुस