सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको एक तालमा डुबेर कञ्चनपुरका एक जनाको मृत्यु

२०८० असोज ३, ०३:०३ खबर संवाददाता

कञ्चनपुरः भारतको एक तालमा डुबेर कञ्चनपुरका एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–७ टेडुवाका ३५ वर्षीय कुलबाहदुर शाहको भारतको टिल्ला नम्बर ४ मा रहेको तालमा डुबेर मृत्यु भएको हो।

भारतको टिल्ला ताल बेलौरी नगरपालिका–१० सँगै जोडिएको सिमावर्ती क्षेत्र हो। शाह टिल्ला नम्बर ४ का अमरजित सिंहको घरमा काम गर्दै आएका थिए। उनी मंगलबार साँझ घरमा जान्छु भन्दै त्यहाँबाट नेपालतर्फ आएको बुझिएको छ।

उनी घर नपुगेपछि खोजी गर्दा बुधबार बिहान तालमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो। उनको शव परिक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस