सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको पञ्चोदयका प्रअ ओझालाई राष्ट्रिय शिक्षा पुरस्कार

२०८० असोज ३, ०१:४२ खबर संवाददाता

धनगढीः धनगढीको पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझालाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ। नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले शिक्षा दिवस, २०८० को अवसरमा ओझालाई सामुदायिक विद्यालय तर्फको राष्ट्रिय शिक्षा पुरस्कार मिलेको हो।

सुदूरपश्चिममा सामुदायिक विद्यालय तर्फको शिक्षा पुरस्कार ९ जना शिक्षकलाई प्रदान गरिएको छ। कैलालीबाट प्रधानाध्यापक ओझालाई पुरस्कार दिइएको हो भने बाजुरामा भानोदय माध्यमिक विद्यालय बुढिगङ्गा-५ का प्रधानाध्यापक मनवीर खाती, अछामको कमलबजार नगरपालिका वडा नम्बर ८ मा रहेको जाल्पादेवी माध्यमिक विद्यालयका शिक्षक सुरेन्द्रबहादुर खड्का र बझाङको चैनपुरमा रहेको सत्यवादी माध्यमिक विद्यालयका शिक्षक हितराज जोशीलाई पुरस्कार प्रदान गरिएको छ।

यस्तै, डोटीबाट शिखर नगरपालिका- १ मा रहेको केदारेश्वर माध्यमिक विद्यालयका शिक्षक गगनसिंह कार्की, दार्चुलाको महाकाली-४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक रामदत्त जोशी, बैतडीको सुर्नायामा रहेको वासुदेव माध्यमिक विद्यालय लिस्किटाका प्रधानाध्यापक जितबहादुर पाण्डेय, डडेल्धुराको अमरगढी-४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐर र कञ्चनपुरको भीमदत्त-१८ मा रहेको निङ्गलासैनी माध्यमिक विद्यालयका शिक्षक घनश्याम भट्टले राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन्।
 

कमेन्ट लोड गर्नुस