सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सबै सरकारी विद्यालयको पठनपाठन बन्द हुने गरी शिक्षक आन्दोलित

२०८० असोज ३, ०१:२० खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका सरकारी विद्यालयका शिक्षक काठमाडौं पुगेका छन्। कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन्।

माइतीघर–वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरू  विरोध प्रदर्शनमा उत्रिएका छन्। संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा सुदूरपश्चिमका शिक्षक पनि आन्दोलित बनेका हुन्। विभिन्न जिल्लाबाट शिक्षक–शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौँ पुगेका छन्। सामुदायिक विद्यालयहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको आह्वानमा यो आन्दोलन सुरु भएको हो।

महासङ्घले देशभरका सबै सामुदायिक विद्यालयहरू बन्द गराएको छ। विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरू आन्दोलित भएका हुन्। राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलनमा सहभागी छन्। सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरूले स्थानीय तह मातहत नबस्ने बताएका छन्।

शिक्षकहरूको आन्दोलनको कारण सुदूरपश्चिमका सम्पूर्ण सामुदायिक विद्यालय बन्द हुने भएका छन्। शिक्षक महासंघले असोज ३ गतेबाट अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेको छ। जसका कारण देशभर ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन्।

कमेन्ट लोड गर्नुस