सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुविवाह र गर्भपतन लगायतका गरी डडेल्धुराबाट ७ जना कैदीबन्दी रिहा

२०८० असोज ३, ०१:०६ खबर संवाददाता

डडेल्धुराः संविधान दिवसको अवसर पारेर डडेल्धुरा कारागारबाट ७ जना कैदीबन्दी रिहा भएका छन्।

बहुविवाह, गर्भपतन लगायत अपराधको जेल जीवन विताइरहेका उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका जेलेर जितेन्द्र ओझाले बताए।

असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका कैदीबन्दीलाई रिहा गरिएको उनले बताए। कर्तव्य ज्यान मुद्वाका २, बहुविवाहका २ तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एक÷एक कैदीबन्दीलाई रिहा गरिएको हो।
 

कमेन्ट लोड गर्नुस