सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमतीलाई ज्युँदै जलाएर मार्ने प्रयास

२०७६ वैशाख १३, १०:०७

धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि त्यस्तै घटना भएको छ। सिरहा नगरपालिका वडा नम्बर ८ श्रीमान् बेचन मण्डल खत्वेले २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा बिहीबार आगो लगाइदिएको प्रहरीले जनाएको छ। आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ। तत्कालै उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइए पनि त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिरहा प्रहरीले जनाएको छ।

घटना पश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन्। कञ्चनकी सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। आगो लगाउनुको कारण खुलेको छैन। यसअघि ५ वैशाखमा धनुषाको शहीदनगर नगरपालिका १ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिका थिए। उनको उपचार अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ। साभार - अनाइनखबर

कमेन्ट लोड गर्नुस