सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको स्टेपिङ स्कुलका संस्थापक हमाललाई राष्ट्रिय शिक्षा पुरस्कार

२०८० असोज ३, ०८:०६ खबर संवाददाता

धनगढीः धनगढीको स्टेपिङ स्टोन स्कुलका संस्थापक रामजी हमाल राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत भएका छन्।

नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले शिक्षा दिवस २०८० को अवसरमा निजी स्कुलका तर्फबाट धनगढी–२ मा रहेको स्टेपिङ स्कुलका प्रिन्सिपल हमाललाई शिक्षा पुरस्कार दिइएको हो। सुदूरपश्चिममा निजी विद्यालय स्थापना गरेर योगदान पुगाएको भन्दै हमालसहित पाँच निजी विद्यालय संस्थापक, प्रधानाध्यापक र शिक्षकलाई शिक्षा पुरस्कार प्रदान गरिएको छ।

पुरस्कृत हुनेमा डोटीको दिपायमा रहेको सुजङ स्कुलका शिक्षक मानबहादुर कठायत, कैलालीको टीकापुरमा रहेको वीरेन्द्र विद्या मन्दिरका प्रधानाध्यापक फणीन्द्रराज रेग्मी, डडेल्धुराको क्याम्ब्रिज स्कुलका संस्थापक तीर्थराज जोशी र कञ्चनपुरको इन्टरनेसनल स्कुलका शिक्षक नगेन्द्रप्रसाद कलौनी रहेका छन्।

कमेन्ट लोड गर्नुस