सुदूर नेपाललाई विश्वसँग जोड्दै

लामो समयदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो

२०८० असोज १, ०५:५७ खबर संवाददाता

काठमाडौंः  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीले सोमबारदेखि अनशन तोडेका छन्।

मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने तयारीमा रहेको विश्वास दिएपछि १४ बुँदे माग राखेर अनशन बसेका उनीहरू सङ्घर्ष स्थगित गर्न तयार भएका हुन्। अनशन तोडाउन स्वास्थ्यमन्त्री आफ्नो सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलाललाई माइतीघरमा पठाएका थिए।

मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले अनशनमा बसिरहेका सङ्घर्ष समितिका सदस्यलाई जुस पिलाएर अनशन स्थगित गरेका हुन्। अनशन स्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका वरिष्ठ पाँच जना पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेका थिए। वार्तामा सङ्घर्ष समितिका संयोजक सापकोटाले आफूले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना माग सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए।
 

कमेन्ट लोड गर्नुस