सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुविवाहको आरोपमा माओवादीका एक नेता निलम्बित

२०८० असोज १, ०४:४२ खबर संवाददाता

धनगढीः  नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा  कैलालीका एक नेतालाई निलम्बन गरेको छ।

पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य समेत रहेका शेरबहादुर चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो। चौधरी कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत हुन्। उनले केही समयअघि बहुविवाह गरेको पाइएको छ।

उनले ‘साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले चौधरीलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ। चौधरी विरुद्ध पार्टीमा उजुरी परेपछि उनको कमजोरी पुष्टि भएसँगै उनलाई केन्द्रीय कार्यालयको बैठकबाट निलम्बनको गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस