सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बैंकिङ मुद्दामा फरार रहेका एक जना पक्राउ

२०८० असोज १, ०४:०२ खबर संवाददाता

धनगढीः  कैलालीमा बैंकिङ मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–२ अस्नेरीका ४४ वर्षीय प्रेमबहादुर शाहीलाई गएराति उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। शाहीविरुद्ध चेक अनादरको मुद्दा दर्ता भएको थियो।

उनलाई जिल्ला अदालत कैलालीले २०७४ पुस १२ गते ५ दिन कैद, ३२ लाख ५० हजार जरिवाना तोकेको थियो। शाही सोहि दिनबाटै फरार रहेका थिए। उनलाई कारबाहीका लागि अदालत पेश गरेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस