सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पनि मनाईयो विश्व औँलो रोग दिवस

२०७६ वैशाख १२, ०६:४५ खबर संवाददाता

कैलाली जिल्लामा पनि विश्व औँलो रोग दिवस मनाईएको छ। जिल्लाका गौरीगंगा नगरपालिका वडा नम्बर २ मा रहेको चौमाला स्वास्थ्य केन्द्रमा रहेको चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले विश्व औँलो दिवस मनाएको हो। दिवसको अवसरमा “आफैबाट सुरु गरौँ, औलोलाई शुन्यमा पुर्याऔँ” भन्ने मुल नाराका साथ जनचेतना मुलक ¥यालीको आयोजना गरिएको थियो।  कार्यक्रममा विभिन्न विद्यालयबाट ओजेटी गर्न आएका विद्यार्थीहरु, स्वास्थ्य केन्द्रका कर्मचारी लगायतको सहभागीता रहेको समाजसेवी बसन्त बमले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस