कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख भट्टको सरुवा

२०८० असोज १, ११:५७
डडेल्धुराः कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्टको सरुवा भएको छ। भट्टको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र कञ्चनपुरमा सरुवा भएको हो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमको भदौ २७ गतेको निर्णयअनुसार अधिकृत स्तर पाँचौ, छैटौ, सातौ र आठौं तहका २२ जनाको सरुवा भएको छ। उनको ठाउँमा को आउने भन्ने टुङ्गो लागेको छैन।


कमेन्ट लोड गर्नुस