सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले दाहसंस्कार खर्च उपलब्ध गराउने

२०८० असोज १, ०९:२९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरले दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ।

उपमहानगरले नागरिकको अन्तेष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार खर्च स्वरुप हतोहात ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। कार्यपालिकाको आइतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई पाँच हजार सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख गोपाल हमालले बताए।

सोमबार उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अन्तिम संस्कारका लागि शव वाहन र बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा  निःशुल्क प्रदान गरिएकोे बताएका छन्। सेवाग्राहीले नगर प्रहरीबाटै शव वाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको नगर प्रमुख हमामले बताए। 

कमेन्ट लोड गर्नुस