सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा बस दुर्घटना: छानविन गरी दोषीलाई कारवाही गर्न विवेकशिल साझाको माग

२०७६ वैशाख १२, ०६:३२ खबर संवाददाता

विवेकशिल साझा पार्टी सुदूरपश्चिमले पनि बुधबार डडेल्धुरामा भएको बस दुर्घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरेको छ। विवेकशिल साझाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको छानविन गरेर दोषीलाई कारवाहीको माग गरेको हो। विवेकशिल साझाका सुदूरपश्चिम संयोजक गोपाल हमालद्धारा हस्ताक्षरित विज्ञप्तीमा ३२ जना सिट क्षमताको बसमा धनगढीबाट साहुखर्क ५० जना यात्रु कसरी पुगे भन्दै घटनाको सत्यतथ्य छानविनको माग गरी दोषीलाई कारवाहीको माग गरिएको छ। यसअघि पनि डडेल्धुरा र दार्चुलामा भएको सवारी दुर्घटनामा परी धेरैले अकालमै ज्यान गुमाएको घटनाप्रती पनि गम्भीर बन्न आग्रह गरिएको छ। भने दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

कमेन्ट लोड गर्नुस