नाउपा सुदूरपश्चिम संसदीय दलका नेताले ऐन विपरीत प्रयोग गरिरहेको गाडी फिर्ता गरे

धनगढीः सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले ऐन विपरीत प्रयोग गरिरहेको गाडी फिर्ता गरेका छन्।
प्रदेशसभाको सार्वजनिक लेखा समितिको निर्देशनपछि चौधरीले प्रदेशसभा सचिवालयलाई गाडी फिर्ता गरेका हुन्। प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले चौधरीले गाडी सचिवालयलाई फिर्ता गरेको पुष्टि गरेका छन्। चौधरीले सभामुुख भीमबहादुर भण्डारीलाई आफूले प्रयोग गर्दै आएको गाडीको चाबी फिर्ता गरेका हुन्।
चौधरीले गाडी फिर्ता गरे पनि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र नेकपा एकीकृत समाजवादी पार्टीका दीर्घबहादुर सोडारीले भने फिर्ता नगरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
लेखा समितिले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सेवासुविधा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ विपरीत सत्तारुढ दलका नेताले गाडी प्रयोग गरिरहेको भन्दै फिर्ता गर्न निर्देशन दिएको थियो।
.gif)


