सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सन्तोषले पाए कहालीलाग्दो जीवनबाट उन्मुक्ति

२०७६ वैशाख १२, ०६:१८ खबर संवाददाता

२० बर्षदेखी कहालीलाग्दो जीवन बिताईरहेका सन्तोष ठकुल्लालाई मानवसेवा आश्रमले उद्दार गरी संरक्षणमा लिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ९ भगवती टोल पुडासैनी कटानबाट ठकुल्लालाई उद्धार गरिएको हो। उनी १३ बर्षदेखि अधिकांश रात खुल्ला आकासमुनी बारीको पाटामा र कहिलेकता गाईबस्तु राख्न बनाइएको गोठमा बिताउँदै आइरहेका थिए।

सानैमा आमाबुबा गुमाएका सन्तोष भाई बुहारीसँग रहदै आएको भनिएपनि उनी १३ बर्षदेखी घरभित्र पस्न समेत पाएका छैनन्। २० बर्षदेखखि मनोरोगको शिकार बनेका सन्तोषले मारपिट गर्ने डरले घरभित्र नराखिएको सन्तोषकी बुहारी गंगा ठकुल्लाले बताईन्। घरमा श्रीमान पनि छैनन्, प्राय म एक्लै हुन्छु, कसरी घरभित्र सँगै राख्नु गंगाले भनिन्। सन्तोषले कक्षा १० सम्मको अध्ययन पुरा गरेका छन्। बाल्यकालमा उनको पढाई पनि राम्रै थियो, बानी व्यवहार सबैले मन पराउँथे तर अहिले उसको यो हाल देखेर मन खिन्न हुन्छ, छिमेकीहरुले मानवसेवा आश्रमको उद्दार टोलीलाई सुनाए। 

२० बर्षदेखि मनोरोगी बनेका सन्तोषले अहिलेसम्म कुनैपनि औषधी उपचार पाएका छैनन्। ९ नं. वडा कार्यालयका जनप्रतिनिधिले संतोषको उद्धारको लागि मानवसेवा आश्रमलाई अनुरोध गरेपछि आज उनको उद्धार सम्भव भएको हो। संतोषलाई आवश्यक औषधी उपचार सुरु गराई ३ महिना भित्रै परिवारमा पुनस्र्थापना गराइने मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेशकी संयोजक सृजना ओलीले बताईन्। २०८२ सालभित्र पुरै नेपाललाई नै खुला आकाशमुनी रात विताउन विवश घरबार विहिन तथा जीवन नै जोखिममा रहका बेसहारा तथा परित्यक्त मानवहरु रहित नेपाल निर्माण गर्ने उद्देश्यले सञ्चालनमा रहेको मानवसेवा आश्रमले हाल देशभर ६ प्रदेशमा १४ ओटा शाखाहरु सञ्चाल गरि हाल ८ सय बढीलाई संरक्षण दिदै आइरहेको छ। 

कमेन्ट लोड गर्नुस