वर्षाले डोटीको एक घरमा आंशिक क्षति

२०८० भदौ ३१, ०६:११
डोटीः डोटीमा वर्षाका कारण एक घरमा आंशिक क्षति पुगेको छ।
आइतबार जिल्लाको दिपायल–सिलगढी नगरपालिका–४ स्थित चन्द्रादेबी दमाईको घरमा वर्षाका कारण आंशिक क्षति पुगेको हो।
दुई तले ६ कोठे कच्ची घरको दायाँ साइडको दिवाल भत्केर आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। घरको दिवाल भत्कीदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस