सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चट्याङ पर्दा एक घरमा आंशिक क्षति

२०८० भदौ ३१, ०५:५३ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढीमा एक घरमा चट्याङ परेको छ। आइतबार परेको चट्याङबाट धनगढी उपमहानगरपालिका–२ शिखर टोलस्थित तेजबहादुर ऐरको घरमा आंशिक क्षति पुगेको छ। दुई तले ८ कोठे पक्की घरमा चट्याङ पर्दा आंशिक रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ।

चट्याङबाट मानवीय तथा पशुचौपायमा क्षति पुगेको छैन्। विद्युतको तार जलेर घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस