सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा बस दुर्घटना छानविनको माग

२०७६ वैशाख १२, ०६:०० खबर संवाददाता

डडेल्धुराको साहुखर्कमा भएको बस दुर्घटनाको छानविनको माग गर्दै सुदूरपश्चिमका सभामुख  र आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ। बझाङबाट  निर्वाचित  प्रदेशसभा सदस्य र सरोकारवालाहरुले संयुक्त रुपमा आज कानुनमन्त्री प्रकाश शाह र सभामुख अर्जुन बहादुर थापालाई ज्ञापन पत्र बुझाएका हुन्।

चालकको लापरवाही, आभेरलोड, ट्राफिक प्रहरीको उदासिनता र सडकको अवस्थाले पहाडी रुटमा बेला बेला हुने यस्ता दुर्घटनाले सुर्वसाधारणले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको भन्दै बुधबारको दुर्घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाहीको माग गरिएको छ। ज्ञापनपत्रमा घटनाको छानवीन गरी दोषीलाई कारवाहीको दायरा ल्याएर आउँदा दिनमा यस्ता दुर्घटना हुन नदिनतर्फ समेत सचेत रहन आग्रह गरिएको छ।

 बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य  देबकी मल्ल, माया बोहोरा तामाङ, शान्ती नेपाली, नेकपाका केन्द्रीय सदस्य देबराज रेग्मी, पूर्व संविधान  सभा सदस्य  जनक बहादुर बुढा,नेपाल पर्बतारोहण संघ साईपाल हिमाल शाखा, बझाङका सचिव किशोर कुमार खड्का,  नाट्टा सुदूरपश्चिमका महासचिव पदम बिक्रम सिंहले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन्। धनगढीबाट बझाङका लागि छुटेको बस बुधबार डडेल्धुरामा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको थियो भने  ३३ जना घाईते भएका छन्। 

 

कमेन्ट लोड गर्नुस