सुदूर नेपाललाई विश्वसँग जोड्दै

तालिबानद्वारा गैससका अठार कर्मचारी पक्राउ

२०८० भदौ ३०, ०४:४९ खबर संवाददाता

एजेन्सीः  अफगानिस्तानका तालिबान अधिकारीहरूले एक विदेशीसहित स्विटजरल्याण्डमा दर्ता गरिएको गैरसरकारी संस्थाका १८ कर्मचारीलाई पक्राउ गरेको छ।

इन्टरनेशनल असिस्टेन्ट मिसन आइएएमले आफ्ना ती कर्मचारीलाई मध्य अफगानिस्तानको घोर प्रान्तमा रहेको कार्यालयबाट पक्राउ गरेर राजधानी काबुल लगेको बताएको छ। आफ्ना कर्मचारीविरुद्ध लगाइएको अभियोग बारेमा हालसम्म कुनै जानकारी नभएको र त्यससम्बन्धमा कुनै टिप्पणी वा अनुमान गर्न नसकिने आइएएमले आज एक विज्ञप्ति निकालेर भनेको छ।

तालिवान अधिकारीहरूले पनि गैससका कर्मचारीलाई हिरासतमा लिइएकोबारे तत्काल प्रतिक्रिया दिएका छैनन्। सन्  १९९६ देखि अफगानिस्तानमा आँखा सेवा सञ्चालन गरेको आइएएमले स्वास्थ्यका अन्य विधा र शिक्षा क्षेत्रमा काम गर्दै आएको छ।

आइएएमको वेबसाइटमा संस्थालाई इशाईका मूल्यमान्यतामा आधारित भनिए पनि  यसले राजनीतिक वा धार्मिक विश्वासका आधारमा सहायता प्रदान नगर्ने स्पष्ट गरेको छ। अगस्ट २०२१ मा तालिबान सत्तामा फर्किएपछि धेरै पश्चिमासहित अज्ञात सङ्ख्यामा विदेशीहरूलाई तालिवान अधिकारीहरूले हिरासतमा लिएका छन्। 
 

कमेन्ट लोड गर्नुस