सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशद्धारा भारतलाई २ सय ६६ रनको लक्ष्य

२०८० भदौ २९, ०७:०८ खबर संवाददाता

एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई २ सय ६६ रनको लक्ष्य दिएको छ।

कोलम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनायो। बङ्गलादेशका लागि कप्तान शाकिब अल हसनले सर्वाधिक ८० रन बनाए। तोहिद हृदोयले ५४ र नसुन अहमदले ४४ रन बनाए। बलिङतर्फ भारतका शार्दुल ठाकुरले ३ र मोहम्मद शमीले २ विकेट लिए।

यो ’सुपर फोर’ को अन्तिम खेल हो। एसिया कपको फाइनल पर्सि आइतवार हुँदैछ। फाइनल खेल्ने टोलीको टुङ्गो लागिसकेका कारण यो खेल धेरै महत्त्वको छैन। फाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।
 

कमेन्ट लोड गर्नुस