बालुवा चोरी गरिरहेको ट्याक्टर उपमहानगरको नियन्त्रणमा
धनगढीः नदिजन्य पदार्थ चोरी गरिरहेको ट्याक्टरलाई धनगढी उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ।
गएराति धनगढी उपमहानगरपालिका वडा नम्बर–१७ पथरीबाट राति ११ बजे वालुवा चोरी गरिरहेको अवस्थामा से२ त १०३७ नम्बरको ट्याक्टर उपमहानगरपालिकाका नगर प्रहरीहरुले पक्राउ गरेको बताइएको छ। नगर प्रहरीद्धारा पक्राउ गरिएको ट्याक्टर धनगढी उपमहानगरपालिकामा ल्याएको छ। असार १ गतेदेखि भाद्र ३१ सम्म कुनैपनि नदि खोलाबाट नदिजन्य पदार्थ उत्खनन गर्न नमिल्ने व्यवस्था छ।