सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एम्बुलेन्स दुर्घटना

२०७६ वैशाख १२, ०४:०१ खबर संवाददाता

निर्माणाधिन मोहना पुल अत्तरिया ६ लेन सडकमा एम्बुलेन्स दुर्घटना भएको छ।  सेवा नर्सिङ होम अत्तरियाको  लु अ का ६७६३ नम्बरको एम्बुलेन्स आज दिउँसो पौने चार बजेतीर  ६ लेन सडकको  बोराडाँडी चौकमा दुर्घटनामा परेको हो।स्थानीयले दुर्घटनामा परी तीन जना घाईते भएको बताएपनि वडा प्रहरी कार्यालयले भने दुर्घटना स्थलमा कोही पनि नभेटिएको जनाएको छ। वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक वकिल सिंहले एम्बुलेन्स धनगढीबाट अत्तरियातर्फ जादै गर्दा दुर्घटनामा परेपनि घटना स्थलमा कोही नभेटिएको जानकारी दिए। 

कमेन्ट लोड गर्नुस