सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकता विधेयक खारेजीको माग गर्दै कैलालीमा हस्ताक्षर अभियान

२०७६ वैशाख १२, ०३:५६ खबर संवाददाता

धनगढी–नागरिकता विधेयक राष्ट्रघाती भएको भन्दै विरोध भईरहेका बेला कैलालीमा हस्ताक्षर संकलन अभियान शुरु गरेको छ। नेकपा मसाल, राष्ट्रिय जनमोर्चा र नेकपा मालेले सयुक्त रुपमा नागरिकता विधेयक खारेजीको माग गर्दै कैलाली जिल्लामा हस्ताक्षर अभियान सञ्चालन गरेका हुन्। जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने तथा विदेशी ज्वाईं, भान्जाभान्जीलाई समेत नागरिकता प्रदान गर्न सहज हुनेगरी विधेयक ल्याइएको भन्दै त्यसविरुद्ध हस्ताक्षर संकलन गरिएको हो। 

जिल्लाको मसुरीयादेखि सुरु भएको अभियान चौमाला, स्याउले ,अत्तरिया हुँदै धनगढीमा आजै समापन गरिने छ। राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्षिराम आचार्यले विधेयक संसदमा विचाराधीन रहेकै अवस्थामा अझ दुई कदम अघि बढेर सरकारले जन्मका आधारमा नागरिकता पाएका ब्यक्तिका सन्तानलाई बंसजको नागरिकता दिन परिपत्र गरेको भन्दै आपत्ति जनाए। उनले तत्काल नागरिकता विधेयक खारेज गर्न र सरकारले गरेको परिपत्र फिर्ता लिन माग गरे। गैर नेपालीले पाएका नागरिकता छानविन गरी खारेज गर्नुपर्ने पनि माग गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस