सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चट्याङ लागेर एक युवती घाइते, तीन चौपाया मरे

२०८० भदौ २८, ०९:४१ खबर संवाददाता

दार्चुलाः  दार्चुलामा चट्याङ लागेर एक युवती घाइते भएकी छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ औडाखानका मनीराम लुहारकी १८ वर्षीया छोरी शान्ति लुहार चट्याङ लागेर घाइते भएकी छन्। उनलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार पछि अवस्था सामान्य भएकाले घर पठाइसकेको प्रहरीले जानकारी दिएको छ।

यस्तै आजै दार्चुलाकै शैलेशीखर नगरपालिका–५ सेतकला स्थित एक घरमाथि चट्याङ पर्दा तीन पशुचौपाया मरेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस