सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद

२०८० भदौ २८, ०८:०७ खबर संवाददाता

धनगढीः  कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भजनी नगरपालिका–१ जोडिपिपलबाट भारतदेखि ल्याएका भन्सार छलीका अन्दाजी ११ हजार दुई सय मुल्य बराबरका १५ किलोग्राम प्लाष्टिकको झोला, मोठो सुपारी(आन्टि) १२ प्याकेट र पवन सुर्ती ३५ प्याकेट वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।

बेवारिसे अवस्थामा फेला पारेको सामान भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस