सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षक मदिरा सेवन गरेर विद्यालय गए सेवाबाट बर्खास्त गरिने

२०८० भदौ २७, १०:२६ खबर संवाददाता

काठमाडौँः  शिक्षक मादक पदार्थ सेवन गरी विद्यालय आए सेवाबाट बर्खास्त गर्न सकिने व्यवस्था विद्यालय शिक्षासम्बन्धी विधेयकले गरेको छ।

बुधबार संसद्मा दर्ता गरिएको विधेयकको दफा ८८ को (ङ) मा शिक्षक विद्यालयमा मादक पदार्थ सेवन गरी आएको प्रमाणित भएमा सेवाबाट हटाउन सकिने व्यवस्था छ। बहुबिवाह गरेमा पनि शिक्षकलाई सेवाबाट हटाउन सकिने प्रबन्ध उल्लेख छ।

प्रश्नपत्रको गोपनीयता भंग गरे, परीक्षामा अमर्यादित काम गरेमा, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा लापरबाही गरे पनि पदबाट बर्खास्त गर्न सकिने भनिएको छ। बिनास्वीकृत ९० दिनभन्दा बढी अनुपस्थित भएमा पनि शिक्षक बर्खास्तमा पर्नेछन्।

विधेयकको व्यवस्थाअनुसार समय पालना नगरे, आदेश पालना नगरे, पदीय मर्यादा पालना नभए, पठनपाठनमा लापरबाही गरे स्थानीय तहले शिक्षकलाई चेतावनी दिन सक्नेछ। विद्यार्थीलाई शारीरिक वा मानसिकरुपमा दुर्व्यवहार गरेसमेत सोही कारबाही हुने विधेयकमा उल्लेख छ। 
 

कमेन्ट लोड गर्नुस